सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत २६

यिनलाई जे गऱ्‍यौ, मलाई नै गऱ्‍यौ

यिनलाई जे गऱ्‍यौ, मलाई नै गऱ्‍यौ

(मत्ति २५:३४-४०)

  1. १. सानो बगालसँगै एकै मनको भई

    गर्छन्‌ अरू भेडा याहको सेवा।

    बिर्सनेछैनन्‌

    येसुले तिम्रो त्यो काम।

    दिनेछन्‌ तिमीलाई प्रशस्तै इनाम।

    (कोरस)

    “यिनलाई साथ दिनु नै मलाई दिनु हो।

    यिनको लागि गर्नु मेरै लागि हो।

    यिनलाई दे’को मदत मलाई दे’को हो।

    यिनलाई जे गऱ्‍यौ, मलाई नै गऱ्‍यौ।

    यिनलाई जे गऱ्‍यौ, त्यो मलाई नै गऱ्‍यौ।”

  2. २. “भोकाएको बेला खान दियौ मलाई,

    पिउन दियौ मलाई तिर्खाको बेला।”

    सोध्यौ तिमीले:

    “कैले गऱ्‍यौँ यस्तो काम?”

    राजा येसुले दिन्छन्‌ यस्तो जवाफ:

    (कोरस)

    “यिनलाई साथ दिनु नै मलाई दिनु हो।

    यिनको लागि गर्नु मेरै लागि हो।

    यिनलाई दे’को मदत मलाई दे’को हो।

    यिनलाई जे गऱ्‍यौ, मलाई नै गऱ्‍यौ।

    यिनलाई जे गऱ्‍यौ, त्यो मलाई नै गऱ्‍यौ।”

  3. ३. “छोडेनौ कहिल्यै असल काममा लाग्न।

    प्रचार गऱ्‍यौ मेरा भाइहरूसँग।”

    त्यसैले राजाले

    भन्‍नेछन्‌ भेडालाई:

    “अधिकार गर पृथिवीमा सधैँ।”

    (कोरस)

    “यिनलाई साथ दिनु नै मलाई दिनु हो।

    यिनको लागि गर्नु मेरै लागि हो।

    यिनलाई दे’को मदत मलाई दे’को हो।

    यिनलाई जे गऱ्‍यौ, मलाई नै गऱ्‍यौ।

    यिनलाई जे गऱ्‍यौ, त्यो मलाई नै गऱ्‍यौ।”