गीत ३४

निष्ठामा हिँडौँ!

निष्ठामा हिँडौँ!

(भजन २६)

  1. १. प्रभु मलाई जाँच, भक्‍ति हेर;

    भरोसा र निष्ठा केलाएर हेर।

    जाँच मलाई, मेरो हर विचारलाई;

    निखार मेरो मन र आशिष्‌ देऊ मलाई।

    (कोरस)

    म त सधैँ अटल रहनेछु;

    सदासदालाई निष्ठामा हिँड्‌नेछु।

  2. २. दुष्टसँग बस्दिनँ म कैल्यै;

    कुकर्मीको साथलाई गर्छु घृणा मनले।

    नगर नाश दुष्टसित मलाई;

    नलेऊ पापीसितै यो मेरो जीवनलाई।

    (कोरस)

    म त सधैँ अटल रहनेछु;

    सदासदालाई निष्ठामा हिँड्‌नेछु।

  3. ३. तिम्रो घरलाई धेरै माया गर्छु;

    तिम्रो उपासना कत्ति चोखो मान्छु!

    तिम्रो वेदी रिङ्‌गै म घुम्नेछु;

    तिम्रो नै प्रशंसा चारैतिर गाउँछु।

    (कोरस)

    म त सधैँ अटल रहनेछु;

    सदासदालाई निष्ठामा हिँड्‌नेछु।

(भज. २५:२ पनि हेर्नुहोस्‌)