गीत ४०
भन तिमी कसको?
-
१. भन तिमी कसको?
सेवा गर्छौ कुन देवको?
जोसामु झुक्छौ उही हो है,
तिम्रो देवता, तिम्रो मालिक।
दुई मालिकलाई तिमी
रिझाउन सक्दैनौ है!
त्यसैले कसको सेवा गर्ने हो
अहिल्यै रोज तिमी।
-
२. भन तिमी कसको?
रोज्छौ अब कुन देवलाई?
एउटा झूटो छ, अर्को साँचो;
निर्णय हो तिम्रो यो आफ्नो।
संसारको शासकलाई
समर्थन गर्ने हो कि?
साँचो ईश्वरको भय मानेर
उनकै इच्छा गर्ने हो?
-
३. भन म हुँ कसको?
सेवा गर्छु याहको।
स्वर्गका पिता याहलाई पुज्छु।
वाचा सबै पूरा गर्छु।
मोल तिरी किनिएँ।
उनकै भक्ति गर्नेछु।
जिउँछु हरेक पल उनलाई अर्पेर,
हरदिन महिमा गाउँछु।
(यहो. २४:१५; भज. ११६:१४, १८; २ तिमो. २:१९ पनि हेर्नुहोस्)