गीत ४४
दुःखी मानिसको प्रार्थना
(भजन ४:१)
-
१. बिन्ती गर्छु याह प्रभु:
‘पुकारा सुन न।’
चोटै चोट छ मुटुभरि
सहन सक्दिनँ।
निराशा र चिन्ताले
चिरिएको छ यो मन।
हे प्यारो बुबा सम्हाल,
निगाह देखाऊ न।
(कोरस)
मदत गर, बल देऊ बुबा।
भर्देऊ आशा शङ्का लाग्दा।
यो दुःखीको पुकार सुन।
बिन्ती गर्छु, बल देऊ बुबा।
-
२. सान्त्वना र छहारी
तिम्रै वचनमा पाउँछु।
मनभित्र दबिएका
भावना नि भेटाउँछु।
विश्वास र भरोसा
बढाऊ वचनबाट तिम्रो।
यो मनभन्दा महान् तिम्रो
प्रेम बुझ्न सकूँ म।
(कोरस)
मदत गर, बल देऊ बुबा।
भर्देऊ आशा शङ्का लाग्दा।
यो दुःखीको पुकार सुन।
बिन्ती गर्छु, बल देऊ बुबा।
(भज. ४२:६; ११९:२८; रोमी ८:२६; २ कोरि. ४:१६; १ युह. ३:२० पनि हेर्नुहोस्)