गीत ४५

मेरो चिन्तन

मेरो चिन्तन

(भजन १९:१४)

  1. १. मेरो मनभित्रको विचार,

    मेरो दिनभरको हर सोचाइ,

    याहको इच्छा अनुरूप होस्‌;

    हुन सकूँ म बलियो।

    चिन्ताले छटपटी हुँदा,

    रात मेरो अनिदो हुँदा,

    केवल तिमीमै म डुबूँ;

    सोच्न सकूँ असल कुरा।

  2. २. सत्य र चोखा कुरामा,

    सद्‌गुण भएका कुरामा,

    असल ठानिने कुरामा,

    मग्न हुँदा मिलोस्‌ शान्ति।

    अमूल्य छन्‌ तिम्रा विचार!

    कति अनगिन्ती छन्‌ ती!

    तिनैमा मग्न होऊँ है म।

    तिनैमा रहूँ म डुबी।

(भज. ४९:३; ६३:६; १३९:१७, २३; फिलि. ४:७, ८; १ तिमो. ४:१५ पनि हेर्नुहोस्‌)