सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ४६

धन्यवाद छ, यहोवा

धन्यवाद छ, यहोवा

(१ थिस्सलोनिकी ५:१८)

  1. १. धन्यवाद यहोवा, तिमीलाई हरक्षण;

    दियौ हामीलाई अमूल्य वचन।

    सुन्छौ तिमी हाम्रा बिन्ती, पुकारा;

    बुझ्ने तिमी नै हाम्रा पीर बेथा।

  2. २. धन्यवाद छ, दियौ पुत्र मायालु;

    जिते संसार जसले भै भक्‍तालु।

    इच्छा तिम्रो गर्न बाटो देखाउँछौ;

    शपथ पूरा गर्न मदत दिन्छौ।

  3. ३. धन्यवाद छ, दियौ सुअवसर महान्‌;

    तिम्रो नाउँ फैलाउनु हाम्रो सम्मान।

    जब मेटाउँछौ यस जगत्‌को पीडा;

    पाउनेछौँ आशिष्‌ राज्यको सदा।

(भज. ५०:१४; ९५:२; १४७:७; कल. ३:१५ पनि हेर्नुहोस्‌)