गीत ५०

समर्पणको प्रार्थना

समर्पणको प्रार्थना

(मत्ति २२:३७)

  1. १. सुम्पेँ यो मन तिमीलाई;

    गरूँ प्रेम तिम्रो ज्ञानलाई।

    सुम्पेँ यो आवाज पनि;

    प्रशंसा गाउन भनी।

  2. २. सुम्पेँ यी हात र खुट्टा;

    याहको इच्छा गर्न।

    दिएँ आफ्नो सारा धन

    तिम्रो महिमा गर्न।

  3. ३. सुम्पेँ यो जीवन सारा,

    गर्न तिम्रो चाहना।

    सुम्पेँ सबथोक तिमीलाई,

    खुसी पार्न सदालाई।

(भज. ४०:८; युह. ८:२९; २ कोरि. १०:५ पनि हेर्नुहोस्‌)