गीत ५१

समर्पित छौँ यहोवामा!

समर्पित छौँ यहोवामा!

(मत्ति १६:२४)

  1. १. येसुको चेला बनाउन खिचे याहले;

    बन्यौँ है हामी चेला मनले।

    सत्यको ज्योति चम्क्यो,

    सिंहासनबाट याहको।

    विश्‍वास बलियो बनाइ

    गऱ्‍यौँ इन्कार आफैलाई।

    (कोरस)

    समर्पित छौँ यहोवामा; स्वइच्छाले।

    येसु र याहमै रम्छौँ ऐले।

  2. २. वाचा गऱ्‍यौँ याहसामु हामी सबले:

    सदा उनकै सेवामा जिउने।

    छैन खुसीको सीमा,

    याहको इच्छा गर्दा,

    उनको नाम वहन गर्दा,

    राज्य सन्देश सुनाउँदा।

    (कोरस)

    समर्पित छौँ यहोवामा; स्वइच्छाले।

    येसु र याहमै रम्छौँ ऐले।

(भज. ४३:३; १०७:२२; युह. ६:४४ पनि हेर्नुहोस्‌)