सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ६१

अघि बढ, साक्षी हो!

अघि बढ, साक्षी हो!

(लुका १६:१६)

  1. १. याहका सेवक अन्तको समयमा;

    कस्छ कमर सुसमाचारको पक्षमा।

    आओस्‌ सैतान धाक लगाउँदै

    याहको बलमा जान्छौँ अघि बढ्‌दै।

    (कोरस)

    अघि बढ साक्षी हो, कैल्यै नडराऊ!

    यहोवाको काममा मन खोलेर रमाऊ!

    भन सबैलाई ‘नयाँ संसार नजिकै।’

    अनि पाउँछौँ आशिष्‌ धेरै धेरै।

  2. २. यहोवाका सेवक खोज्दैनन्‌ आराम;

    संसारलाई रिझाउनु होइन है हाम्रो काम।

    चोखो रहनू सदा सदा;

    जोगाएर राख्नू तिम्रो त्यो निष्ठा।

    (कोरस)

    अघि बढ साक्षी हो, कैल्यै नडराऊ!

    यहोवाको काममा मन खोलेर रमाऊ!

    भन सबैलाई ‘नयाँ संसार नजिकै।’

    अनि पाउँछौँ आशिष्‌ धेरै धेरै।

  3. ३. भा’छ राज्य आशा पात्र हाँसोको;

    यसरी भैरा’छ निन्दा महान्‌ नाउँको।

    पारौँ है पवित्र यो नाउँलाई;

    गरौँ घोषणा सारा जाति, कुललाई।

    (कोरस)

    अघि बढ साक्षी हो, कैल्यै नडराऊ!

    यहोवाको काममा मन खोलेर रमाऊ!

    भन सबैलाई ‘नयाँ संसार नजिकै।’

    अनि पाउँछौँ आशिष्‌ धेरै धेरै।