सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ६३

यहोवाका साक्षी हौँ!

यहोवाका साक्षी हौँ!

(यसैया ४३:१०-१२)

  1. १. पूज्छन्‌ ती शिला पत्थर;

    चिन्दैनन्‌ साँचो ईश्‍वर।

    सर्वोच्च यहोवा;

    साँचो परमेश्‍वर।

    अन्धा ती देव ढुङ्‌गाको;

    छैन ज्ञान भविष्यको।

    सक्दैनन्‌ दिन प्रमाण केही;

    साबित भए है झूटा ती।

    (कोरस)

    यहोवाका साक्षी हौँ;

    निडर भै सधैँ बोल्छौँ।

    याह जे भन्छन्‌, हुन्छ त्यही;

    वचन याहको सही।

  2. २. गर्छौँ सानले घोषणा;

    दिन्छौँ साक्षी याहका।

    सन्देश त्यो राज्यको;

    भन्छौँ नडराई।

    गर्छौँ मदत अरूलाई

    साँचो मुक्‍ति पाउनलाई।

    प्रशंसा गरून्‌ तिनले पनि

    यहोवा हुन्‌ धन्य भनी।

    (कोरस)

    यहोवाका साक्षी हौँ;

    निडर भै सधैँ बोल्छौँ।

    याह जे भन्छन्‌, हुन्छ त्यही;

    वचन याहको सही।

  3. ३. राख्छ उच्च याहको नाम;

    दोष मेटाउँछ साक्षी काम।

    दुष्टलाई चेताउँछ;

    राख्छ याहको मान।

    कृपा पात्र हुन्छ त्यो;

    मन फिराइ आउँछ जो।

    साक्षी यो काममा छ आनन्द;

    आशा जीवनको अनन्त।

    (कोरस)

    यहोवाका साक्षी हौँ;

    निडर भै सधैँ बोल्छौँ।

    याह जे भन्छन्‌, हुन्छ त्यही;

    वचन याहको सही।

(यसै. ३७:१९; ५५:११; इज. ३:१९ पनि हेर्नुहोस्‌)