सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ६४

रम्दै सरिक होऊ कटनीकार्यमा

रम्दै सरिक होऊ कटनीकार्यमा

(मत्ति १३:१-२३)

  1. १. कटनीको मौसम अहिले;

    यस्तो बहार आउँछ कहाँ!

    हेर बाली भए पहेँला

    यै हो कटनीको बेला।

    उदाहरण राम्रो येसुको;

    खेतमा किसानी गरेको।

    रमाउँदै सहभागी भइर’ने,

    सम्मान पायौँ यत्ति ठूलो।

  2. २. याह र छिमेकीको प्रेमले;

    बनाउँछ जोसिलो मन।

    प्रचार र सिकाउनु जरुरी;

    अन्त नजिकै छ जान।

    यस्तो आनन्द अरू कहाँ!

    याहका सेवकले पाउने।

    अन्तसम्म सहनेछौँ हामी

    हार मान्दैनौँ कैल्यै पनि।