सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ६६

सुसमाचार घोषणा गरौँ!

सुसमाचार घोषणा गरौँ!

(प्रकाश १४:६, ७)

  1. १. राज्यको रहस्य खोलिन बाँकी थ्यो;

    प्रतिज्ञाको राजा लौ अब प्रकट भो।

    कृपा र सत्यका प्रेमी यहोवाले

    पापी मानिसको साह्रै दुर्गति देखे।

    ठाने पुत्रले राज्य गर्नै पर्ने भो;

    उनैको समयमा

    राज्य उदाउने थ्यो।

    अनि ती पुत्रलाई दुलही दिए;

    चुनेको सानो बगाल महिमित भए।

  2. २. ऐलेको सुसमाचार पैलादेखिको;

    चाहन्छन्‌ यहोवा अब यो बता’को।

    खुसीले सहभागी स्वर्गदूतहरू;

    सुनाउनलाई सुसमाचार खुरुखुरु।

    जिम्मेवारी र सम्मान दुवै अहिले;

    ल्याएको छ यहोवा

    नाउँको प्रशंसाले।

    अनन्त सुसमाचार घोषणा गर्दै;

    वहन गर्नु त्यो नाउँ ठूलो सम्मान हो है!