सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ७२

राज्य सत्यलाई फैलाऔँ!

राज्य सत्यलाई फैलाऔँ!

(प्रेषित २०:२०, २१)

  1. १. के हो साँचो ख्रिष्ट्यन बन्‍नु

    पैले कहाँ थाहा हुनु।

    याहले छरे ज्योति

    अनि था’ भो राज्य सत्य।

    बुझ्यौँ तब याहको इच्छा,

    लियौँ अनि उनको पक्ष।

    सुनाउँछौँ कृति याहको

    र उच्च पार्छौँ पवित्र नाउँ त्यो।

    साक्षी दिन्छौँ भेटेकालाई

    घरघर अनि बाटोमा गई।

    समय लगाई बुझाउँदछौँ;

    मुक्‍ति दिने शिक्षा दिन्छौँ।

    फैलाउनलाई याहको नाउँ

    गर्छौँ प्रयास हामी हरदम।

    सकौँ काम एक भई गर्न,

    याहले ‘पुग्यो’ नभनेसम्म।