सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ७५

“म हाजिर छु। मलाई पठाउनुहोस्‌”

“म हाजिर छु। मलाई पठाउनुहोस्‌”

(यसैया ६:८)

  1. १. दोष दिन्छन्‌ कति याहलाई;

    कलङ्‌कित पार्छन्‌ त्यो नाउँलाई।

    कोही लाछी, निष्ठुर भन्छन्‌;

    मूर्ख “ईश्‍वर छैन!” भन्छन्‌।

    कलङ्‌क त्यो मेटाउने को?

    याहको महिमा गाउने को?

    (कोरस १)

    ‘प्रभु, हाजिर छु! म जान्छु।

    भक्‍त भै गुनगान म गाउँछु।

    यत्ति ठूलो सम्मान काँ’ पाउनु;

    पठाऊ न, म हाजिर छु!’

  2. २. यहोवा लोसे छ भनी;

    ठट्टा गर्छ क्यै नठानी।

    कोही पूज्छ शिला पत्थर;

    याहको ठाउँमा राख्छ सिजर।

    ती दुष्टलाई चेताउने को?

    युद्धको बिगुल फुक्ने को?

    (कोरस २)

    ‘प्रभु, हाजिर छु! म जान्छु।

    डराउँदिनँ म चेताउँछु।

    यत्ति ठूलो सम्मान काँ’ पाउनु;

    पठाऊ न, म हाजिर छु!’

  3. ३. धर्मी जन हाल्छन्‌ सुस्केरा;

    दुःखी हुन्छन्‌ दुष्ट बढ्‌दा।

    खोज्छन्‌ सत्य सोझो मनले;

    साँचो मनोशान्ति दिने।

    यिनलाई सान्त्वना दिने को?

    सही बाटो देखाउने को?

    (कोरस ३)

    ‘प्रभु, हाजिर छु! म जान्छु;

    धीरजी भै म सिकाउँछु।

    यत्ति ठूलो सम्मान काँ’ पाउनु;

    पठाऊ न, म हाजिर छु!’

(भज. १०:४; इज. ९:४ पनि हेर्नुहोस्‌)