सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ७८

‘परमेश्‍वरको वचन सिकाउनुहोस्‌’

‘परमेश्‍वरको वचन सिकाउनुहोस्‌’

(प्रेषित १८:११)

  1. १. सिकाउँदा याहको वचन

    आनन्दित हुन्छ मन।

    कति धेरै पायौँ आशिष्‌

    धन्य भयो जीवन।

    येसुको पाइला पछ्याउँछौँ;

    मायाले सिकाउँछौँ।

    मदत गर्नेछौँ तिनलाई हामी

    याहको मित्र बन्‍न।

  2. २. चम्काउँछौँ याहको ज्योति

    सबैलाई त्यो बाँडी।

    बोली र कामले सिकाउँछौँ

    असल शिक्षक बनी।

    अनमोल छ याहको वचन

    लगाउँछौँ यसमा मन।

    जे सिक्यौँ याहको वचनमा

    सिकाउँछौँ अरूलाई।

  3. ३. याहले दिनेछन्‌ मदत

    सिकाउनलाई वचन।

    गरौँ यहोवालाई बिन्ती

    सुन्छन्‌ पक्कै पनि।

    सत्य छ याहको वचन

    प्यारो ठान्छौँ अति।

    बन्‍नेछन्‌ शिक्षक अरू पनि

    मायाले सिकाउँदा।