गीत ८०

‘चाखेर हेर यहोवा छन्‌ भलो’

‘चाखेर हेर यहोवा छन्‌ भलो’

(भजन ३४:८)

  1. १. गर्दछौँ याहको सेवा;

    गर्दछौँ प्रचार खुसीले।

    समय किन्छौँ सन्देश बाँड्‌नलाई;

    सुनून्‌ भनी झन्‌ धेरैले।

    (कोरस)

    ‘चाखेर हेर, याह छन्‌ भलो!’—

    भन्दछ वचन उनको।

    याहको भक्‍तिले ल्याउँछ आशिष्‌;

    गर्छौँ है सेवा सक्दो।

  2. २. पूर्ण-समय सेवामा

    आशिष्‌को वर्षा हुनेछ।

    भर पर्दै याहमा जिउने हरेकले

    साँचो सन्तुष्टि पाउनेछ।

    (कोरस)

    ‘चाखेर हेर, याह छन्‌ भलो!’—

    भन्दछ वचन उनको।

    याहको भक्‍तिले ल्याउँछ आशिष्‌;

    गर्छौँ है सेवा सक्दो।

(मर्कु. १४:८; लुका २१:२; १ तिमो. १:१२; ६:६ पनि हेर्नुहोस्‌)