सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ८१

अग्रगामी सेवकको जीवन

अग्रगामी सेवकको जीवन

(उपदेशक ११:६)

  1. १. बिहान सबेरै सधैँ जाग्छौँ हामी।

    प्रचार जान्छौँ

    प्रार्थना गरी गाह्रो लागे पनि।

    कोही सुन्छन्‌, कोही आफ्नो बाटो लाग्छन्‌।

    तैपनि रहन्छौँ

    हामी मुहारमा मुस्कान राखी।

    (कोरस)

    यस्तो जीवन रोज्यौँ

    बाँच्न याहको लागि।

    गर्छौँ उहाँले चाहेजस्तै

    सहन्छौँ सब हामी,

    चाहे घाम होस्‌ पानी।

    भन्छौँ सधैँ यहोवालाई, “प्रेम गर्छु।”

  2. २. जब साँझ पर्छ, लाग्छ साह्रै थकाइ।

    तर मनले भन्छ

    खुसी भै, ‘धन्यवाद यहोवा।’

    उत्तम सेवा सधैँ चढाउन चाहन्छौँ।

    हरेक दिन पायौँ

    आशिष्‌ धेरै, धन्यवाद यहोवा।

    (कोरस)

    यस्तो जीवन रोज्यौँ

    बाँच्न याहको लागि।

    गर्छौँ उहाँले चाहेजस्तै

    सहन्छौँ सब हामी,

    चाहे घाम होस्‌ पानी।

    भन्छौँ सधैँ यहोवालाई, “प्रेम गर्छु।”

(यहो. २४:१५; भज. ९२:२; रोमी १४:८ पनि हेर्नुहोस्‌)