सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ८२

“तिमीहरूको ज्योति चम्कोस्‌”

“तिमीहरूको ज्योति चम्कोस्‌”

(मत्ति ५:१६)

  1. १. दिए आज्ञा ख्रिष्टले:

    ज्योति चम्काउन,

    घामको किरणले झैँ

    विभेद नगर्न।

    सिकाउँछ बाइबलले

    शान्तिका कुरा।

    चम्काऔँ ज्योति अब

    सत्य सिकाउँदा।

  2. २. जगाऔँ आशा मनमा

    सबै मानिसको;

    पूरा गरौँ जिम्मा

    याहले दिएको।

    डोऱ्‍याउँछ बाइबलले

    ज्योति चम्काउँदा।

    सुनाउने काम हो हाम्रो,

    रोजाइ तिनैको।

  3. ३. सुकर्मले छर्छ

    संसारमा ज्योति;

    हुन्छ असल मोती

    हाम्रो हर बोली।

    असल काम गरेर

    ज्योति चम्काऔँ।

    यसरी नै याहलाई

    खुसी बनाऔँ।