गीत ८४
खाँचो जहाँ, पुग्छौँ त्यहाँ
-
१. खुसी हुन, सफल हुन
के चाहिन्छ था’ छ याहलाई।
देखाउँछन् याह बाटो अनेक
सेवाको काम गर्नलाई।
(कोरस)
खाँचो जाँ, पुग्छौँ त्याँ।
छन् यहोवा साथ।
बढौँ अघि जोसले मायाले
याहको काममा।
-
२. कमी छैन कतै कामको।
सहयोगी हात छ खाँचो।
चाहना छ मदत गर्न।
बढ्छौँ अघि साथ दिन।
(कोरस)
खाँचो जाँ, पुग्छौँ त्याँ।
छन् यहोवा साथ।
बढौँ अघि जोसले मायाले
याहको काममा।
-
३. सिक्छौँ हामी नयाँ भाषा,
भविष्यको बाँड्न आशा।
निर्माणको काम गर्छौँ हामी
लगाइ नयाँ सीप र कला।
(कोरस)
खाँचो जाँ, पुग्छौँ त्याँ।
छन् यहोवा साथ।
बढौँ अघि जोसले मायाले
याहको काममा।
(युह. ४:३५; प्रेषि. २:८; रोमी १०:१४ पनि हेर्नुहोस्)