गीत ८८
मलाई तपाईँको मार्ग सिकाउनुहोस्
(भजन २५:४)
-
१. भयौँ भेला तिमीसामु यहोवा
निम्तो स्विकारी मनैदेखि।
बत्तीझैँ तिम्रो वचनले डोऱ्याउँछ,
दिन्छ है ईश्वरीय ज्योति।
(कोरस)
हिँड्न सकूँ मार्गमा म तिम्रो।
सुन्ने मन देऊ, उत्तम आज्ञा तिम्रो।
सत्य, सोझो जीवन जिउन सकूँ।
तिम्रो हर आज्ञालाई अनमोल ठानूँ।
-
२. अपार छ हे याह बुद्धि त्यो तिम्रो;
न्याय तिम्रो कति भरपर्दो!
वचन छ तिम्रो साह्रै आश्चर्यको;
अटल छ सधैँ सत्य तिम्रो।
(कोरस)
हिँड्न सकूँ मार्गमा म तिम्रो।
सुन्ने मन देऊ, उत्तम आज्ञा तिम्रो।
सत्य, सोझो जीवन जिउन सकूँ।
तिम्रो हर आज्ञालाई अनमोल ठानूँ।