सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ९२

तपाईँको नाम महिमित पार्ने ठाउँ

तपाईँको नाम महिमित पार्ने ठाउँ

(१ इतिहास २९:१६)

  1. १. कति ठूलो सम्मान यहोवा,

    तिम्रो नाउँमा घर बनाउने।

    तिम्रो महिमा बढाउनलाई

    अर्पन्छौँ यो घर रमाउँदै।

    चाहे जे नै दिऊँ त्यो तिम्रै हो;

    तिमीबाटै पायौँ सबै।

    शक्‍ति, बुद्धि र धनसम्पत्ति,

    दिन्छौँ खुसीले तिमीलाई।

    (कोरस)

    अर्पण गर्छौँ यो ठाउँ तिम्लाई,

    नाउँ तिम्रो रहोस्‌ यहाँ।

    समर्पण छ यो ठाउँ तिम्लाई,

    स्विकार आफ्नै सम्झी।

  2. २. सम्मान गर्नेछौँ याह तिम्रो,

    गुञ्जाउँदै प्रशंसा यहाँ।

    तिम्रो मार्ग सिक्नेहरूले

    गर्नेछन्‌ अझै महिमा।

    गर्नेछौँ तिम्रै भक्‍ति यहाँ,

    ख्याल राख्नेछौँ सधैँभरि।

    साक्षी दिइरहोस्‌ सधैँ यसले,

    जग बनोस्‌ राज्य सन्देशको।

    (कोरस)

    अर्पण गर्छौँ यो ठाउँ तिम्लाई,

    नाउँ तिम्रो रहोस्‌ यहाँ।

    समर्पण छ यो ठाउँ तिम्लाई,

    स्विकार आफ्नै सम्झी।