सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ९६

परमेश्‍वरको किताब—एउटा अमूल्य धन

परमेश्‍वरको किताब—एउटा अमूल्य धन

(हितोपदेश २:१)

  1. १. छ एउटा किताब जसले दिन्छ सबलाई

    उज्वल आशा, आनन्द र शान्ति।

    शब्द यसको साह्रै नै सशक्‍त छ;

    ब्युँताउँछ “मृत”, फर्काउँछ “दृष्टि”।

    अमूल्य यो किताब हो हाम्रो बाइबल।

    प्रेरणामा लेखियो याहको।

    चमत्कार हो यो पवित्र शक्‍तिको।

    लेखाई हो याहलाई माया गर्नेको।

  2. २. ‘बन्यो सबथोक याहको शक्‍तिले नै;

    धर्ती, गगन बनाए उनैले।

    त्रुटिपूर्ण थिएन मानिस पैले;

    दियो चुनौती घमन्डी दूतले;

    अनि गुम्यो सुन्दर प्रमोदवन पनि!

    आयो पछि पाप र दुःखकष्ट;

    तर हुनेछ याहको जित चाँडै नै।’

    लेखिएका छन्‌ यी सब बाइबलमा।

  3. ३. बेला आयो है अपार आनन्दको;

    सुरु भैसक्यो शासन येसुको।

    खुसीको यो सन्देश बाँड्‌छौँ सबैलाई;

    ल्याउनेछ आशिष्‌ सधैँभरिलाई।

    यस्तो सुसमाचार छ यो वचनमा;

    साँचो ज्ञानको पवित्र भण्डार यो।

    दिन्छ शान्ति मानव सोचभन्दा उत्तम;

    पढ्‌नै पर्ने किताब सबैले यो।

(२ तिमो. ३:१६; २ पत्रु. १:२१ पनि हेर्नुहोस्‌)