सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १०४

पवित्र शक्‍ति—परमेश्‍वरको वरदान

पवित्र शक्‍ति—परमेश्‍वरको वरदान

(लुका ११:१३)

  1. १. सर्वोच्च याह, कृपालु पिता

    महान्‌ छौ तिमी यो मनभन्दा।

    तिम्रो शक्‍तिले देऊ न सान्त्वना,

    सहन यो मनको बोझ र पीडा।

  2. २. चुक्दछौँ तिम्रो गुण देखाउन

    भुल्दछौँ हिँड्‌न सही बाटो।

    बिन्ती छ पिता देऊ शक्‍ति तिम्रो;

    डोऱ्‍याइ तिम्रो हरेक दिन नै प्यारो।

  3. ३. चिन्ता, निराशा, फिक्रीले छोप्दा,

    जोस जगाउँछ शक्‍तिले तिम्रो।

    पाउन सकौँ है पवित्र शक्‍ति;

    उड्‌न सकौँ हामी चीलझैँ उँभो।