सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १०६

प्रेम विकास गरौँ!

प्रेम विकास गरौँ!

(१ कोरिन्थी १३:१-८)

  1. १. पुकार्छौँ याहलाई शिर झुकाई;

    राम्रा गुण देऊ न है हामीलाई।

    सर्वोच्च छ याह प्रेम तिम्रो;

    स्रोत हौ याह तिमी नै यसको।

    साहस र बुद्धिले के गर्ने

    मनभित्र प्रेम नै छैन भने?

    प्रेम होस्‌ हाम्रो न्यानो र साँचो,

    झल्कियोस्‌ यो जीवनमा हाम्रो।

  2. २. खोज्दैन प्रेमले आफ्नै फाइदा

    दिन्छ खुसीले खाँचो पर्दा।

    पाल्दैन कहिल्यै रिस मनमा,

    येसुले जस्तै दिन्छ क्षमा।

    प्रेमले सहन्छ सबै कुरा,

    धैर्य गर्छ अन्याय पर्दा।

    प्रेमले जित्छ परीक्षा सबै,

    अन्त हुँदैन यो कहिल्यै।