सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १११

हामी आनन्दित हुनुको कारण

हामी आनन्दित हुनुको कारण

(मत्ति ५:१२)

  1. १. दिन-प्रतिदिन बढ्‌दै छ हेर,

    आनन्द र खुसी हाम्रो।

    जाति-जातिका असल मानिस

    ओइरिँदै छन्‌ हामीमाझ।

    अनन्त छ हाम्रो आनन्द,

    याहको वचनले दिने।

    शिक्षा उनको सिक्छौँ दिनदिनै;

    विश्‍वासलाई बलियो पार्ने।

    हो हाम्रो आनन्द छ पक्का,

    मुटुमा ज्वालाझैँ बल्छ।

    परीक्षा र दुःख त आउँछन्‌

    तर शक्‍ति याहले दिन्छन्‌।

    (कोरस)

    यहोवा नै हुन्‌ है

    हाम्रो आनन्द र खुसीको मूल।

    याहका विचार कति छन्‌ उच्च;

    उनका कार्य कति महान्‌।

  2. २. ती धर्ती, गगन अनि सागर;

    कति सुन्दर याहका काम।

    सृष्टिलाई नियाल्दै उनैको,

    गर्दछौँ प्रशंसा हामी।

    फैलाउँछौँ समाचार जोडतोडले,

    भन्दै, “आयो राज्य याहको”;

    यसले ल्याउँछ आशिष्‌ प्रशस्तै।

    घोषणा हो यो खुसीको।

    रातपछि दिन आएझैँ आयो,

    आनन्द हेर सदाको।

    नयाँ स्वर्ग अनि पृथ्वीले

    ल्याउनेछ बहार खुसीको।

    (कोरस)

    यहोवा नै हुन्‌ है

    हाम्रो आनन्द र खुसीको मूल।

    याहका विचार कति छन्‌ उच्च;

    उनका कार्य कति महान्‌।