सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ११७

भलाइ गरौँ!

भलाइ गरौँ!

(२ इतिहास ६:४१)

  1. १. जीवनभरि दियौ आशिष्‌

    हे यहोवा तिमीले।

    वफादार छौ बुबा तिमी

    सधैँ भलाइ देखाउने।

    दया गर्छौ, आशिष्‌ दिन्छौ,

    सक्दैनौँ नाप्न कैल्यै।

    छौ भक्‍तिको योग्य तिमी

    सेवा गर्छौँ खुसीले।

  2. २. अनुकरण गर्छौँ हामी

    याह तिम्रो भलाइको।

    प्रचार गर्छौँ, भलाइ गर्छौँ

    यही चाहना मनको।

    तिम्रो शिक्षा र गोठाला

    डोऱ्‍याउँछन्‌ यो जीवनलाई।

    देऊ तिम्रो पवित्र शक्‍ति

    गर्न सकौँ है भलाइ।

  3. ३. भाइबैनी र परिवारलाई

    देखाउन सकौँ भलाइ।

    चाहे ठूलो या होस्‌ सानो,

    देऊ न आशिष्‌ प्रयासमा।

    सहर, गाउँ, छरछिमेकी,

    सबै ठाउँका मानिसलाई

    माया गर्न, भलाइ गर्न

    देऊ न मदत हामीलाई।