गीत १२०
ख्रिष्टको नम्रता अनुकरण गरौँ!
-
१. महान् थिए येसु हर पुरुषमध्ये;
न प्रतिष्ठा खोजे न मान नै रोजे।
पाए याहबाट काम साह्रै ठूलो;
तैपनि थिए सधैँ नम्र मनको।
-
२. कठोर श्रम र भारले दबिएका हो,
भन्छन् उनी, ‘आऊ बोक जुवा मेरो।’
पाउँछौँ ताजगी राज्य खोजी गर्दा;
कृपा पाउँछौँ येसुझैँ नम्र हुँदा।
-
३. ‘दाजुभाइ हौँ हामी’ भने येसुले
अधीनमा बस्छौँ है राजीखुसीले।
प्यारा छन् नम्र मानिस यहोवालाई;
दिनेछन् सारा पृथ्वी उनले तिनलाई।
(हितो. ३:३४; मत्ति ५:५; २३:८; रोमी १२:१६ पनि हेर्नुहोस्)