सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १२४

सधैँ वफादार रहौँ!

सधैँ वफादार रहौँ!

(भजन १८:२५)

  1. १. वफादार प्रेम यहोवालाई

    देखाउने इच्छा हाम्रो।

    समर्पित भै आज्ञा उनको

    जान्‍ने चाहना हाम्रो।

    सधैँ राम्रो उनको शिक्षा,

    गर्नेछौँ है पालना।

    वफादार छन्‌ सधैँ उनी;

    रहन्छौँ उनको छेउमा।

  2. २. वफादार प्रेम दाजुभाइलाई

    गाह्रोसाह्रो बेलामा।

    आदर गर्छौँ, माया गर्छौँ,

    नम्र व्यवहार गर्छौँ।

    प्यारो ठान्छौँ भाइबैनीलाई,

    सम्मान गर्छौँ मनदेखि।

    वफादार भै साथ दिन्छौँ,

    छोड्‌दैनौँ हात कैले नि।

  3. ३. वफादार भै पालन गर्छौँ

    भाइहरूले डोऱ्‍याउँदा।

    मनैदेखि सुन्‍ने गरौँ

    निर्देशन तिनले दिँदा।

    अनि अटल हुन्छौँ सदा

    यहोवाको आशिष्‌ले।

    वफादार भै चल्यौँ भने

    आफ्नो ठान्‍नेछन्‌ याहले।