गीत १२५

‘आनन्दित हुन्‌ कृपालुहरू!’

‘आनन्दित हुन्‌ कृपालुहरू!’

(मत्ति ५:७)

  1. १. कृपालु छन्‌ याह हाम्रा

    खुसीले देखाउँछन्‌ दया।

    रमाउँछन्‌ याह कृपामा

    गर्छन्‌ पूरा खाँचो हाम्रा।

    ढुक्क छन्‌ ती पश्‍चातापी

    सुन्छन्‌ याह बिन्ती भनी।

    हामी माटो नै हौँ जानी

    गर्छन्‌ दया, कृपा उनी।

  2. २. गर्छौँ बिन्ती यहोवालाई:

    ‘माफी देऊ हाम्रा गल्तीलाई।’

    ख्रिष्टले नि भने हामीलाई:

    ‘देऊ क्षमा तिमी अरूलाई।’

    बस्दैनौँ मनमा रिस पाली

    क्षमा दिन्छौँ मनैदेखि।

    सुन्छन्‌ याह सबै बिन्ती

    दिन्छन्‌ धेरै मनोशान्ति।

  3. ३. यहोवाजस्तै बन्‍नलाई

    गर्छौँ दाणपुण्य अरूलाई।

    खोज्दैनौँ हामी प्रशंसा

    कृपा अरूलाई देखाउँदा।

    देख्छन्‌ याह सबै कुरा

    दिन्छन्‌ इनाम दया गर्दा।

    कृपालु छन्‌ कति खुसी

    याहको नजरमा सुन्दर ती।

(मत्ति ६:२-४, १२-१४ पनि हेर्नुहोस्‌)