गीत १३१
“जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ”
-
१. खुसीयाली क्षणमा
तीन सुता बाटियो।
याह र मानिससामु
वाचा त्यो बाँधियो।
(कोरस १)
लिए पतिले वाचा:
गर्छु प्रेम मनदेखि।
‘जसलाई जोडे याहले,
नछुटाऊ कसैले।’
-
२. पढे बाइबल दुईले,
सिक्न इच्छा याहको।
चाहियो आशिष् ऐले
गर्न वाचा पूरा।
(कोरस २)
लिइन् पत्नीले वाचा:
गर्छु प्रेम मनदेखि।
‘जसलाई जोडे याहले,
नछुटाऊ कसैले।’
(उत्प. २:२४; उप. ४:१२; एफि. ५:२२-३३ पनि हेर्नुहोस्)