गीत १३२
हामी एउटै शरीर भयौँ!
-
१. तिमी मेरी मायालु हौ!
आधा अङ्ग! म छैन एक्लो।
दिए याहले प्यारी सङ्गी;
भयो कोही आफ्नो।
दुई मुटु लौ एकै भयौँ।
आशिष्हरू धेरै पाउनेछौँ।
बन्यौँ परिवार लौ अब,
तिमी र म मिली।
हरदिन नै गर्छौँ सेवा याहको।
भनेझैँ याहले
निश्चल माया देखाउँछौँ।
वाचा सबै पूरा गरौँ।
आनन्दित भई सँगसँगै जिऔँ।
मनमुटुमै बस्नू सदा;
आऊ गरौँ महिमा याहको।
(उत्प. २९:१८; उप. ४:९, १०; १ कोरि. १३:८ पनि हेर्नुहोस्)