गीत १३५

यहोवाको न्यानो आग्रह: “हे मेरो छोरा, बुद्धिमान्‌ होऊ”

यहोवाको न्यानो आग्रह: “हे मेरो छोरा, बुद्धिमान्‌ होऊ”

(हितोपदेश २७:११)

  1. १. हे युवायुवती

    हृदय मलाई देऊ।

    मेरो उपहास गर्नेलाई

    यो देखाऊ:

    जवानी र भक्‍ति

    राजीले चढाउँछौ;

    मेरै लागि बाँचेको

    भनी देखाउँछौ।

    (कोरस)

    प्यारो छोरा, अमूल्य छोरी,

    खुसी हुनेछु, होऊ ज्ञानी;

    मनैदेखि गर न सेवा;

    राजीले गाऊ लौ इस्तुति।

  2. २. गर सक्दो सेवा

    अनि औधी रमाऊ।

    तिमी लड्‌दा

    मेरो यो हात लेऊ समाऊ।

    जोसुकैले धोका दिए नि

    तिमीलाई,

    होऊ ढुक्क

    गर्छु धेरै माया तिमीलाई।

    (कोरस)

    प्यारो छोरा, अमूल्य छोरी,

    खुसी हुनेछु, होऊ ज्ञानी;

    मनैदेखि गर न सेवा;

    राजीले गाऊ लौ इस्तुति।

(व्यव. ६:५; उप. ११:९; यसै. ४१:१३ पनि हेर्नुहोस्‌)