गीत १३६
“यहोवाले पूरापूर प्रतिफल देऊन्”
(रुथ २:१२)
-
१. ख्याल गर्छन् यहोवाले सधैँभरि
तनमनले सेवा गर्नेलाई।
था’ छ उनलाई निष्ठाको पाइला चाल्दा
गर्नुपर्छ त्याग कैलेकाई।
परिवार, सङ्गीसित साइनो टुट्दा
नमान्नू सुर्ता, बुझ्छन् याह।
दिन्छन् ऐले भाइबैनीको न्यानो साथ
र जीवन नयाँ संसारमा।
(कोरस)
जे-जति गऱ्यौ याहको लागि,
पाउनेछौ इनाम तिम्ले प्रशस्तै।
छायामा उनकै लिनू शरण।
वफादार छन् याह, छन् सत्य पनि।
-
२. जीवनमा समस्याको ओइरो लाग्दा
लाग्ला सक्दिनँ सहन।
छाक टार्न मुस्किल हुँदा कैलेकाहीँ;
सक्छ निराशाले छोप्न
तर दिन्छन् सान्त्वना याह पिता;
सुन्छन् हाम्रो हर पुकारा
वचन, पवित्र शक्ति, मित्र चलाई
गर्छन् मदत याह हामीलाई।
(कोरस)
जे-जति गऱ्यौ याहको लागि,
पाउनेछौ इनाम तिम्ले प्रशस्तै।
छायामा उनकै लिनू शरण।
वफादार छन् याह, छन् सत्य पनि।
(न्याय. ११:३८-४०; यसै. ४१:१० पनि हेर्नुहोस्)