गीत १४०
जीवन—सधैँभरिलाई!
-
१. लौ! हेर, छायो है प्रेम
मानिसहरूको माझ!
छैन दुःख, छ सुख;
न आँसु न पीडा!
(कोरस)
गाऊ हृदय खोली!
त्यो पल तिम्रै हो नि।
लौ! जीवन त्यो पाइने भो
सधैँभरिलाई!
-
२. वृद्ध सब, हुने जवान;
खै कहाँ गए रोगी?
पीर बेथा, सब टाढा;
न रुवाइ न भय!
(कोरस)
गाऊ हृदय खोली!
त्यो पल तिम्रै हो नि।
लौ! जीवन त्यो पाइने भो
सधैँभरिलाई!
-
३. प्रमोदवन गुञ्जनेछ
याहको महिमाले।
जीवनभरि भन्नेछौँ:
धन्यवाद हे याह!
(कोरस)
गाऊ हृदय खोली!
त्यो पल तिम्रै हो नि।
लौ! जीवन त्यो पाइने भो
सधैँभरिलाई!
(अय्यु. ३३:२५; भज. ७२:७; प्रका. २१:४ पनि हेर्नुहोस्)