सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १४१

जीवन—एउटा चमत्कार

जीवन—एउटा चमत्कार

(भजन ३६:९)

  1. १. कलिला नानी, अन्‍नका बाला,

    सुनौलो त्यो बिहानी, रिमझिम वर्षा;

    सबै याहकै देन र उनकै कला।

    जीवन हाम्रो चल्छ उनकै चमत्कारमा।

    (कोरस)

    हो जीवन उपहार, छ अति विशेष;

    प्रेम देखाऔँ यसका मुहानलाई, सम्हालौँ जीवन।

    हाम्रो हातको कुरा होइन जीवन पाउनु।

    इनाम हो यो जीवन; याहको चमत्कार!

  2. २. मान्छन्‌ हार कोही, भन्दछन्‌ कोही,

    अय्युबकी पत्नीले झैँ: ‘मर्नु जाति!’

    छैनौँ तिनीझैँ, प्रशंसा गर्छौँ।

    हरपल हामी धन्य भन्छौँ यहोवालाई।

    (कोरस)

    हो जीवन उपहार, छ अति विशेष;

    गरौँ है माया सबैलाई; सम्हालौँ जीवन।

    हाम्रो हातको कुरा होइन जीवन पाउनु।

    इनाम हो यो जीवन; याहको चमत्कार!