गीत १४४
इनाममा दृष्टि राखौँ!
-
१. आँखाको ज्योति फर्कनेछ;
बहिरोले फेरि सुन्नेछ;
बालकले खुसी भै गाउनेछ;
शान्ति र खुसी छाउनेछ।
प्रियजन कहिल्यै नछुट्ने;
शोक, रुवाइ, पीडा क्यै नहुने।
(कोरस)
यी सबै तिमीले देखौला,
दृष्टि राखे है इनाममा।
-
२. पाठो अनि ब्वाँसो मिल्नेछ;
भालु अनि बाछो खेल्नेछ;
बालकले तिनलाई डोऱ्याउनेछ;
उसले भनेको मान्नेछ।
आँसु, व्यथा सब हराउनेछ,
दुःख, कष्ट र डर बित्नेछ।
(कोरस)
यी सबै तिमीले देखौला,
दृष्टि राखे है इनाममा।
(यसै. ११:६-९; ३५:५-७; युह. ११:२४ पनि हेर्नुहोस्)