गीत १४८
यहोवा—मेरा उद्धारक
-
१. हे यहोवा जीवित परमेश्वर हौ तिमी।
सृष्टि गर्छ बयान
तिम्रो त्यो शक्तिको।
छैन कोही बराबर याह तिम्रो,
छ र को?
नाश हुनेछन् शत्रु।
(कोरस)
छुटकारा दिन्छन् याह वफादारलाई।
चट्टान हुन् उनी आफ्ना सेवकका लागि।
भरोसा र साहस देखाई
प्रचार गर्छौँ।
नाम फैलाउँछौँ उद्धारक
हाम्रा यहोवाको।
-
२. मृत्युको डरले घेर्दा याहलाई पुकार्छु।
बल र साहस दुवै
उनैसित माग्छु।
सुन्छन् याहले मेरो यो
पुकारा:
“हे प्रभु! गर उद्धार मेरो।”
(कोरस)
छुटकारा दिन्छन् याह वफादारलाई।
चट्टान हुन् उनी आफ्ना सेवकका लागि।
भरोसा र साहस देखाई
प्रचार गर्छौँ।
नाम फैलाउँछौँ उद्धारक
हाम्रा यहोवाको।
-
३. दिन्छौँ आवाज आकाशको ठूलो गर्जनझैँ;
डराउनेछन् शत्रु,
रम्नेछन् तिम्रा जन।
जे चाहन्छौ, त्यही नै
सक्छौ बन्न।
देख्नेछन् सबले उद्धार तिम्रो।
(कोरस)
छुटकारा दिन्छन् याह वफादारलाई।
चट्टान हुन् उनी आफ्ना सेवकका लागि।
भरोसा र साहस देखाई
प्रचार गर्छौँ।
नाम फैलाउँछौँ उद्धारक
हाम्रा यहोवाको।
(भज. १८:१, २; १४४:१, २ पनि हेर्नुहोस्)