सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी ४क

‘मैले जीवहरूलाई देखेँ’

‘मैले जीवहरूलाई देखेँ’

इजकिएलले राजमहल तथा मन्दिरहरूको प्रवेशद्वारमा पखेटा भएका र टाउकोचाहिँ मान्छेको जस्तो भएका साँढेहरू र सिंहहरूका ठूलठूला मूर्तिलाई पहरेदारको रूपमा राखिएको देखेको हुनुपर्छ। त्यस्ता मूर्तिहरू पुरातन अस्सेरिया र बेबिलोनियाभरि थिए। त्यस्ता ठूलठूला मूर्तिहरू देख्दा तिनी पनि अरू मानिसहरूजस्तै छक्क पर्थे होलान्‌; कुनै-कुनै मूर्तिको उचाइ २० फिटसम्म हुन्थ्यो। तर ती मूर्तिहरू जतिसुकै शक्‍तिशाली जस्तो देखिए तापनि तिनीहरू निर्जीव थिए, तिनीहरू ढुङ्‌गा कुँदेर बनाइएका वस्तुहरू थिए।

तर अर्कोतर्फ, इजकिएलले दर्शनमा देखेका चार वटा जीवलाई चाहिँ सजीव वस्तुको रूपमा सङ्‌केत गर्दै “जीवहरू” भनिएको छ। कत्ति ठूलो भिन्‍नता! ती जीवहरू देखेर इजकिएल यत्ति प्रभावित भए कि तिनले आफ्नो भविष्यवाणीको परिचयमा “जीवहरू” भन्‍ने शब्द नौ-नौ चोटि प्रयोग गरे। (इज. १:५-२२) दर्शनमा इजकिएलले ती चार जीव परमेश्‍वरको सिंहासनमुनि एकै चोटि र एउटै दिशामा यताउता गरिरहेको देखे। त्यो देख्दा तिनमा सबै सृष्टि यहोवा परमेश्‍वरकै नियन्त्रणमा छन्‌ भन्‍ने अमेट छाप परेको हुन सक्छ। आज त्यस दर्शनले हामीलाई यहोवा परमेश्‍वर कत्ति महान्‌ र पराक्रमी हुनुहुन्छ अनि उहाँको सार्वभौमिकता कत्ति शोभायमान छ भनेर बुझ्न मदत गर्छ।—१ इति. २९:११.