शिक्षण पेटी ६क
“आफ्नो कपाल अनि दाह्रीजुँगा खौर”
इजकिएलले यरुसलेममा हुनै लागेका घटनाहरूको अभिनय गरे
-
“खौर”
यहुदीहरूमाथि आक्रमण गरिने थियो र तिनीहरू मारिने थिए
-
“जोखेर भाग-भाग लगाऊ”
न्यायदण्ड होसियारीसाथ र विस्तृत तरिकामा दिइने थियो
-
“जलाऊ”
केही बासिन्दा यरुसलेम सहरमै मर्ने थिए
-
“टुक्राटुक्रा पार”
केही बासिन्दा सहरबाहिर मारिने थिए
-
“हावामा हुर्ऱ्याऊ”
कोही-कोही बच्ने थिए तर तिनीहरू शान्तिसित बस्न पाउने थिएनन्
-
“पोको पारेर राख”
निर्वासनमा परेका कोही-कोही यरुसलेम फर्कने थिए र शुद्ध उपासना जोगिने थियो