सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी १०ग

फेरि आफ्नो खुट्टामा उभिन मदत

फेरि आफ्नो खुट्टामा उभिन मदत

इजकिएल ३७:१-१४ मा रेकर्ड गरिएको यो सशक्‍त दर्शनबाट सिक्न सकिने पाठलाई मनन गर्दा हामीले बल पाउँछौँ र त्यो पाठ हामी आ-आफ्नो परिस्थितिमा लागू गर्न सक्छौँ। त्यो पाठ के हो?

जीवनमा आइपर्ने विभिन्‍न दबाब र परीक्षाहरूको कारण हामीलाई के गरूँ कसो गरूँ जस्तो हुन सक्छ। हामी क्लान्त हुन सक्छौँ र जीवनलाई अघि बढाउन सङ्‌घर्ष गर्नुपर्ने हुन सक्छ। तर त्यस्तो महसुस हुँदा पुनर्स्थापनासम्बन्धी इजकिएलको दर्शनमा गहिरिएर मनन गऱ्‍यौँ भने हामीले बल पाउन सक्छौँ। कसरी? यस भविष्यवाणीबाट हामी यो पाठ सिक्न सक्छौँ: हाडहरूलाई समेत फेरि जिउँदो पार्न सक्ने शक्‍ति भएको परमेश्‍वरले हामीलाई पनि कठिनाइहरूको सामना गर्न चाहिने बल दिन सक्नुहुन्छ, जसमध्ये कतिपय कठिनाइ त पार लगाउनै नसकिने जस्तो पनि देखिन सक्छ।भजन १८:२९ पढ्‌नुहोस्‌; फिलि. ४:१३.

यो कुरा पनि मनमा राख्नुहोस्‌, इजकिएलको समयभन्दा सयौँ वर्षअघि भविष्यवक्‍ता मोसाले यहोवा परमेश्‍वर आफ्ना सेवकहरूको खातिर आफ्नो बल प्रयोग गर्न सक्षम मात्र हुनुहुन्‍न, बरु उहाँसित त्यसो गर्ने इच्छा पनि छ भनेर बताए। तिनले लेखे: “धेरै पहिलेदेखि परमेश्‍वर तिम्रो शरणस्थान हुनुहुन्छ, उहाँको बाहुलीले तिमीलाई सधैँ थामिरहनेछ।” (व्यव. ३३:२७) हो, सङ्‌कष्टको घडीमा यहोवा परमेश्‍वरमा भर पऱ्‍यौँ भने उहाँले आफ्नो मायालु बाहुलीले हामीलाई थाम्नुहुनेछ, बिस्तारै उठाउनुहुनेछ र फेरि आफ्नो खुट्टामा उभिन मदत दिनुहुनेछ। —इज. ३७:१०.