सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी १३क

फरक मन्दिर, फरक पाठ

फरक मन्दिर, फरक पाठ

इजकिएलले दर्शनमा देखेको मन्दिर:

  • बेबिलोनको निर्वासनमा रहेका यहुदीहरूलाई इजकिएलले वर्णन गरेको मन्दिर हो

  • त्यहाँ भएको वेदीमा थुप्रै बलिदान चढाइन्छ

  • उपासनाको लागि यहोवा परमेश्‍वरले तोक्नुभएका धार्मिक स्तरहरूलाई जोड दिन्छ

  • इस्वी संवत्‌ १९१९ देखि सुरु भएको आध्यात्मिक पुनर्स्थापनातर्फ हाम्रो ध्यान खिच्छ

महान्‌ आध्यात्मिक मन्दिर:

  • हिब्रू ख्रिष्टियनहरूलाई पावलले वर्णन गरेको मन्दिर हो

  • त्यहाँ भएको वेदीमा “सदाको लागि” एउटै मात्र बलिदान चढाइन्छ (हिब्रू १०:१०)

  • वासस्थान र यरुसलेमको मन्दिरले लामो समयदेखि चित्रण गर्दै आएको कुराको व्याख्या गर्छ। त्यो हो, ख्रिष्टको फिरौतीको बलिदानको आधारमा यहोवा परमेश्‍वरले शुद्ध उपासनाको लागि मिलाउनुभएको प्रबन्ध

  • इस्वी संवत्‌ २९ देखि ३३ सम्म ख्रिष्टले महान्‌ प्रधानपुजारीको रूपमा गर्नुभएको कामतर्फ हाम्रो ध्यान खिच्छ