सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी २१क

“पवित्र जमिनको लागि छुट्ट्याइएको इलाका”

“पवित्र जमिनको लागि छुट्ट्याइएको इलाका”

इजकिएल ४८:८

हामी पनि इजकिएलसँगसँगै यहोवा परमेश्‍वरले आफ्नो निम्ति छुट्ट्याउनुभएको जमिनको भागलाई हेरौँ। यसमा पाँच वटा भाग छन्‌। ती कुन-कुन हुन्‌? अनि त्यसरी छुट्ट्याइनुको उद्देश्‍य के हो?

क. “पवित्र जमिनको लागि छुट्ट्याइएको इलाका”

यो सरकारी प्रयोजनको लागि हो अनि यसलाई “प्रशासनिक क्षेत्र” पनि भनिएको छ।

इज. ४८:८

ख. “सम्पूर्ण पवित्र जमिन”

यो पुजारीहरू, लेवीहरू र सहरको लागि छुट्ट्याइएको भाग हो। साथै १२ वटै कुलका मानिसहरू यहोवा परमेश्‍वरको उपासना गर्न र प्रशासनिक प्रबन्धहरूमा सहयोग गर्न यो भागमा जान्छन्‌।

इज. ४८:२०

ग. “कुलनायकले पाउने जमिन”

“त्यो जमिन इस्राएलमा कुलनायकको भाग हुनेछ।” “कुलनायकले पाउने जमिन . . . हुनेछ।”

इज. ४५:७, ८; ४८:२१, २२

घ. “पवित्र भूमि”

यस भागलाई “पवित्र जमिन” पनि भनिन्छ। माथिल्लो भाग “लेवीहरूका लागि” हो। यो “पवित्र” छ। बीचको भाग “पुजारीहरूको लागि छुट्ट्याइएको पवित्र जमिन” हो। ‘त्यहाँ तिनीहरूले आफ्ना घर बनाउँछन्‌ र त्यो जमिन मन्दिरको लागि पवित्र ठाउँ’ हो।

इज. ४५:१-५; ४८:९-१४, २०

ङ. “बाँकी रहेको” भाग

“त्यो जमिन इस्राएलका सम्पूर्ण घरानाको लागि हुनेछ” अनि “यो जमिन घर बनाउने र वस्तुभाउ चराउने साधारण ठाउँ हुनेछ।”

इज. ४५:६; ४८:१५-१९