सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा ३

प्रश्‍नको प्रयोग

प्रश्‍नको प्रयोग

मत्ति १६:१३-१६

सारांश: श्रोताको चासो जगाउन र त्यसलाई कायम राख्न, श्रोतासित तर्क गर्न अनि मुख्य बुँदाहरूलाई जोड दिन सुझबुझ चलाउँदै प्रश्‍न सोध्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • चासो जगाउनुहोस्‌ र त्यसलाई कायम राख्नुहोस्‌। आलङ्‌कारिक प्रश्‍न a सोधेर श्रोतामा उत्सुकता जगाउनुहोस्‌ र सोच्न लगाउनुहोस्‌।

  • तर्क गर्नुहोस्‌। श्रोतालाई सही निष्कर्षमा पुऱ्‍याउन केही प्रश्‍नहरू सोध्नुहोस्‌।

  • मुख्य बुँदाहरूलाई जोड दिनुहोस्‌। मुख्य बुँदा बताउनुअघि एउटा रोचक प्रश्‍न सोध्नुहोस्‌। मुख्य बुँदा छलफल गरिसकेपछि वा आफ्नो प्रस्तुतिको अन्तमा पुनरावृत्ति प्रश्‍न सोध्नुहोस्‌।

a श्रोताबाट कुनै जवाफको आशा नगरी सोधिने प्रश्‍न, जसले सोच्न उत्प्रेरित गर्छ।