सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा ५

ठीकसित पढ्‌ने

ठीकसित पढ्‌ने

१ तिमोथि ४:१३

सारांश: जस्तो लेखिएको छ, ठूलो स्वरमा त्यस्तै पढ्‌नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • राम्ररी तयारी गर्नुहोस्‌। तपाईँले पढ्‌न लाग्नुभएको कुरा किन लेखियो भनेर विचार गर्नुहोस्‌। शब्द-शब्द मात्र होइन, वाक्यांश पढ्‌ने अभ्यास गर्नुहोस्‌। कुनै पनि शब्द नथप्न, नछुटाउन अनि फेरबदल नगर्न होसियार हुनुहोस्‌। सबै विराम-चिन्हमा ध्यान दिनुहोस्‌।

  • प्रत्येक शब्दको सही उच्चारण गर्नुहोस्‌। कुनै शब्द कसरी उच्चारण गर्ने भनेर तपाईँलाई थाह छैन भने त्यस प्रकाशनको अडियो रेकर्डिङ सुन्‍नुहोस्‌ वा राम्ररी पढ्‌न सक्ने कसैलाई सोध्नुहोस्‌।

  • प्रस्टसित बोल्नुहोस्‌। शिर ठाडो गरेर अनि मुख खोलेर प्रस्टसित बोल्नुहोस्‌। प्रत्येक अक्षर राम्ररी उच्चारण गर्ने कोसिस गर्नुहोस्‌।