सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा १२

न्यानोपन र समानुभूति

न्यानोपन र समानुभूति

१ थिस्सलोनिकी २:७, ८

सारांश: निष्कपट भावसहित बोल्नुहोस्‌ र श्रोताको साँच्चै चासो राख्नुहुन्छ भनेर देखाउनुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • श्रोताबारे सोच्नुहोस्‌। श्रोताले भोगिरहेका समस्याहरूबारे विचार गर्नुहोस्‌। श्रोताले कस्तो महसुस गरिरहेका होलान्‌, कल्पना गर्नुहोस्‌।

  • विचार पुऱ्‍याएर शब्द छनौट गर्नुहोस्‌। श्रोतालाई स्फूर्ति, सान्त्वना र हौसला दिने कोसिस गर्नुहोस्‌। तिनीहरूलाई ठेस पुऱ्‍याउन सक्ने शब्दहरू नचलाउनुहोस्‌ अनि बाइबलमा विश्‍वास नगर्ने मानिसहरूबारे र तिनीहरूको निष्कपट आस्थाबारे खसालेर कुरा नगर्नुहोस्‌।

  • चासो देखाउनुहोस्‌। तपाईँ श्रोताको साँच्चै चासो राख्नुहुन्छ भन्‍ने कुरा मायालु बोली अनि सुहाउँदो इसाराबाट देखाउनुहोस्‌। अनुहारको भावबाट पनि त्यो कुरा प्रकट गर्नुहोस्‌; बेलाबेलामा मुस्कुराउनुहोस्‌।