सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा १४

मुख्य बुँदालाई जोड दिने

मुख्य बुँदालाई जोड दिने

हिब्रू ८:१

सारांश: श्रोतालाई तपाईँको भाषणसँगै अघि बढ्‌न मदत गर्नुहोस्‌। प्रत्येक मुख्य बुँदा भाषणको उद्देश्‍य र मूल विषयसित कसरी सम्बन्धित छ भनेर प्रस्ट पार्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • उद्देश्‍य तय गर्नुहोस्‌। तपाईँको भाषणको उद्देश्‍य श्रोतालाई जानकारी दिनु हो कि विश्‍वस्त तुल्याउनु हो वा कुनै कदम चाल्न उत्प्रेरित गर्नु हो, पक्का गर्नुहोस्‌। अनि त्यसैअनुसार भाषण तयार गर्नुहोस्‌। प्रत्येक मुख्य बुँदाले भाषणको उद्देश्‍य पूरा गर्न मदत गर्छ कि गर्दैन, पक्का गर्नुहोस्‌।

  • भाषणको मूल विषयलाई जोड दिनुहोस्‌। भाषणको अवधिभरि त्यसको मूल विषयतिर ध्यानाकर्षण गर्नुहोस्‌। मुख्य शब्दहरू दोहोऱ्‍याएर वा पर्यायवाची शब्दहरू चलाएर त्यसो गर्न सक्नुहुन्छ।

  • मुख्य बुँदाहरू सरल र स्पष्ट तरिकामा बताउनुहोस्‌। मूल विषयसित सम्बन्धित अनि तोकिएको समयभित्र राम्ररी व्याख्या गर्न सकिने मुख्य बुँदाहरू मात्रै भाषणमा राख्नुहोस्‌। धेरै वटा मुख्य बुँदा समावेश नगर्नुहोस्‌। प्रत्येक मुख्य बुँदा स्पष्टसित उल्लेख गर्नुहोस्‌। एउटा मुख्य बुँदा बताएपछि एकछिन रोकिनुहोस्‌ अनि सर्र बग्ने तरिकामा एउटा बुँदाबाट अर्को बुँदामा जानुहोस्‌।