सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा १७

बुझ्न सजिलो

बुझ्न सजिलो

१ कोरिन्थी १४:९

सारांश: तपाईँले भन्‍न खोज्नुभएको कुरा बुझ्न श्रोतालाई मदत गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • विषयवस्तु राम्ररी अध्ययन गर्नुहोस्‌। सरल तरिकामा र आफ्नै शब्दमा व्याख्या गर्न विषयवस्तुलाई राम्ररी बुझ्नुहोस्‌।

  • छोटो वाक्य र सरल वाक्यांश प्रयोग गर्नुहोस्‌। लामो वाक्य चलाउन सकिने भए तापनि मुख्य बुँदा प्रस्ट पार्न छोटो-मीठो वाक्यांश र वाक्य प्रयोग गर्नुहोस्‌।

  • जटिल शब्दहरू व्याख्या गर्नुहोस्‌। जटिल शब्दहरू कम प्रयोग गर्नुहोस्‌। यदि कुनै जटिल शब्द, कम चर्चित बाइबल पात्र र प्राचीनकालको नापतौल वा संस्कृतिबारे बताउनुपर्छ भने व्याख्या गर्नुहोस्‌।