सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा १९

मनसम्म पुग्ने प्रयास

मनसम्म पुग्ने प्रयास

हितोपदेश ३:१

सारांश: सिकेको कुराको महत्त्व बुझ्न र त्यसलाई व्यवहारमा उतार्न श्रोतालाई मदत गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • आफैलाई जाँच्न श्रोतालाई उत्प्रेरित गर्नुहोस्‌। आलङ्‌कारिक प्रश्‍नहरू a सोधेर श्रोतालाई तिनको मनसाय जाँच्न मदत गर्नुहोस्‌।

  • सही मनसाय विकास गर्न मदत गर्नुहोस्‌। श्रोतालाई तिनीहरूले असल काम गर्नुको मनसाय केलाउन प्रोत्साहन दिनुहोस्‌। तिनीहरूलाई सही मनसाय अर्थात्‌ यहोवाप्रति, अरू मानिसहरूप्रति र बाइबलको शिक्षाप्रति प्रेम विकास गर्न मदत गर्नुहोस्‌। श्रोतालाई भाषण नछाँट्‌नुहोस्‌ बरु तिनीहरूसित तर्क गर्नुहोस्‌। तिनीहरू लाजमा नपरून्‌ बरु तपाईँको प्रस्तुति टुङ्‌गिने बेलासम्म तिनीहरू प्रोत्साहित होऊन्‌ अनि आफ्नो तर्फबाट सक्दो गर्न उत्प्रेरित होऊन्‌।

  • यहोवातर्फ ध्यान खिच्नुहोस्‌। बाइबलको शिक्षा, सिद्धान्त र आज्ञाहरूमा यहोवाका गुणहरू र हामीप्रतिको प्रेम कसरी झल्किन्छ, जोड दिनुहोस्‌। श्रोतालाई यहोवाको भावनाको कदर गर्न र उहाँलाई खुसी तुल्याउन प्रोत्साहन दिनुहोस्‌।

a श्रोताबाट कुनै जवाफको आशा नगरी सोधिने प्रश्‍न, जसले सोच्न उत्प्रेरित गर्छ।