सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १३

झूटो धर्मले कसरी परमेश्‍वरको अनादर गर्छ?

झूटो धर्मले कसरी परमेश्‍वरको अनादर गर्छ?

परमेश्‍वर प्रेम हुनुहुन्छ। त्यसोभए उहाँको उपासना गरेको दाबी गर्ने धर्महरूले किन यत्ति धेरै खराब काम गर्छन्‌? स्पष्टसित भन्‍नुपर्दा ती धर्महरू झूटा हुन्‌ अनि तिनीहरूले परमेश्‍वरको अनादर गर्छन्‌। तिनीहरूले कसरी उहाँको अनादर गरेका छन्‌? यो देख्दा उहाँलाई कस्तो लाग्छ? उहाँले ती धर्महरूलाई के गर्नुहुनेछ?

१. झूटो धर्मका शिक्षाहरूले कसरी परमेश्‍वरको अनादर गर्छ?

झूटो धर्मले “परमेश्‍वरको सत्यलाई विश्‍वास गर्नुको सट्टा . . . झूटलाई विश्‍वास” गर्छ। (रोमी १:२५) उदाहरणको लागि, धेरैजसो धर्मले आफ्ना अनुयायीहरूलाई साँचो परमेश्‍वरको नाम सिकाएका छैनन्‌। तर बाइबलले परमेश्‍वरको नाम प्रयोग गर्नुपर्छ भनेर सिकाउँछ। (रोमी १०:१३, १४) कुनै नराम्रो घटना घट्‌दा कोही-कोही धर्मगुरु भन्‍ने गर्छन्‌, ‘यो त दैवको लीला हो।’ तर यो झूट हो। परमेश्‍वर कुनै पनि दुष्ट कुराको स्रोत हुनुहुन्‍न। (याकुब १:१३ पढ्‌नुहोस्‌।) दुःखको कुरा, धर्महरूले फैलाएको झूटको कारण मानिसहरू परमेश्‍वरबाट टाढिएका छन्‌।

२. झूटो धर्मका कामहरूले कसरी परमेश्‍वरको अनादर गर्छ?

झूटो धर्मले गर्ने व्यवहार यहोवाले गर्नुहुने व्यवहारभन्दा ठीक विपरीत छ। झूटो धर्मका “पापहरू चुलिएर आकाशसम्मै पुगेको छ” भनेर बाइबलले बताउँछ। (प्रकाश १८:५) शताब्दियौँदेखि धर्महरूले राजनीतिसित साठगाँठ गरेका छन्‌ अनि युद्धलाई समर्थन गरेका छन्‌। यसरी धर्महरूको कारण असङ्‌ख्य मानिसको ज्यान गएको छ। केही धर्मगुरु विलासी जीवन बिताउँछन्‌ र त्यसको खर्च सदस्यहरूबाट असुल्छन्‌। यस्ता कामहरूबाट तिनीहरूले परमेश्‍वरलाई चिनेकै छैनन्‌ भनेर प्रमाणित हुन्छ। त्यसैले तिनीहरूसित परमेश्‍वरको उपासना गरेको दाबी गर्ने अधिकारै छैन।—१ युहन्‍ना ४:८ पढ्‌नुहोस्‌।

३. झूटो धर्म देख्दा परमेश्‍वरलाई कस्तो लाग्छ?

झूटो धर्मले गरेका खराब कामहरू देख्दा तपाईँलाई त रिस उठ्‌छ भने यहोवालाई झन्‌ कस्तो लाग्छ होला? उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ। तर उहाँ ती धर्मगुरुहरूसित रिसाउनुहुन्छ, जसले उहाँको अनादर गर्छन्‌ र आफ्ना अनुयायीहरूसित नराम्रो व्यवहार गर्छन्‌। झूटो धर्म नाश हुनेछ र त्यो “फेरि कहिल्यै पाइनेछैन” भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ। (प्रकाश १८:२१) उहाँले चाँडै सबै झूटो धर्मलाई नाश गर्नुहुनेछ।—प्रकाश १८:८.

अझ खोतल्नुहोस्‌

झूटो धर्म देख्दा परमेश्‍वरलाई कस्तो लाग्छ, त्यसबारे अझ धेरै थाह पाउनुहोस्‌। यसले गरेको खराब कामबारे पनि थप कुरा जान्‍नुहोस्‌। तर त्यो देखेर तपाईँ किन यहोवाबारे सिक्नदेखि पछि हट्‌नु हुँदैन, बुझ्नुहोस्‌।

४. परमेश्‍वरले सबै धर्म स्विकार्नुहुन्‍न

धेरैजसो मानिसको विचारमा धर्महरू परमेश्‍वरकहाँ पुऱ्‍याउने फरक-फरक बाटो हुन्‌। तर के यो कुरा सही हो? मत्ति ७:१३, १४ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • जीवनतर्फ लैजाने बाटोबारे बाइबलले के भन्छ?

भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • के बाइबलले परमेश्‍वरलाई खुसी बनाउने थुप्रै धर्म छन्‌ भनेर सिकाउँछ?

५. झूटो धर्मले परमेश्‍वरको प्रेम प्रकट गर्दैन

झूटा धर्महरूले विभिन्‍न तरिकामा परमेश्‍वरको अनादर गरेका छन्‌। तिनीहरूले परमेश्‍वरको घोर अनादर गरेको एउटा तरिका भनेको युद्धमा मुछिएर हो। एउटा उदाहरण विचार गर्न भिडियो हेर्नुहोस्‌ त्यसपछि दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • दोस्रो विश्‍वयुद्धको बेला थुप्रै चर्चले के गरे?

  • तिनीहरूले गरेको काम तपाईँलाई कस्तो लाग्यो?

युहन्‍ना १३:३४, ३५ १७:१६ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • तपाईँको विचारमा धर्महरू युद्धमा मुछिएको देख्दा यहोवालाई कस्तो लाग्छ?

  • झूटो धर्म थुप्रै नराम्रा कुराको लागि दोषी छ। धर्महरू कुन-कुन तरिकामा परमेश्‍वरको प्रेम प्रकट गर्न चुकेको तपाईँले देख्नुभएको छ?

झूटो धर्मले परमेश्‍वरको प्रेम प्रकट गरेको छैन

६. परमेश्‍वर मानिसहरूलाई झूटो धर्मबाट निस्कन मदत गर्न चाहनुहुन्छ

प्रकाश १८:४ पढ्‌नुहोस्‌ a अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • परमेश्‍वर झूटो धर्मको बहकाउमा परेका मानिसहरूलाई बचाउन चाहनुहुन्छ भनेर थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो?

७. साँचो परमेश्‍वरबारे सिकिरहनुहोस्‌

के झूटो धर्मको शिक्षा र कामको आधारमा परमेश्‍वरप्रति गलत सोचाइ राख्नु ठीक हो? कल्पना गर्नुहोस्‌, एक जना छोराले आफ्नो बुबाको राम्रो सल्लाह स्विकार्दैन। उसले घर छोड्‌छ अनि असाध्यै नराम्रा कामहरू गर्छ। छोराले त्यस्तो काम गरेको बुबालाई पटक्कै मन पर्दैन। उसले विद्रोह गरेर त्यस्तो खराब जीवनशैली अपनाएकोमा बुबालाई दोष दिनु किन उचित होइन?

  • के झूटो धर्मले गरेका खराब कामहरूको दोष यहोवालाई दिनु अनि उहाँबारे सिक्न छोड्‌नु उचित हो?

कोही-कोही भन्छन्‌: “धर्म नै धेरैजसो समस्याको जड हो। त्यसैले मसित धर्मको कुरा नगर्नुस्‌।”

  • के तपाईँलाई त्यस्तो लाग्छ?

  • झूटो धर्मले गर्ने खराब कामको आधारमा यहोवाप्रति गलत सोचाइ राख्नु किन ठीक होइन?

सारांश

झूटो धर्मको गलत शिक्षा र खराब कामले परमेश्‍वरको अनादर गरेको छ। त्यसैले परमेश्‍वरले झूटो धर्मलाई नाश गर्नुहुनेछ।

तपाईँले के सिक्नुभयो?

  • झूटो धर्मको गलत शिक्षा र खराब काम देख्दा तपाईँलाई कस्तो लाग्छ?

  • झूटो धर्म देख्दा यहोवालाई कस्तो लाग्छ?

  • परमेश्‍वरले झूटो धर्मलाई के गर्नुहुनेछ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

धेरैजसो धर्मले कुन दुई तरिकामा परमेश्‍वरलाई अप्रसन्‍न तुल्याएका छन्‌, थाह पाउनुहोस्‌।

“के सबै धर्म एउटै हो? सबैले ईश्‍वरलाई खुसी बनाउँछ?” (jw.org को लेख)

यहोवा किन हामीले अरूसँगै मिलेर उहाँको उपासना गरेको चाहनुहुन्छ?

“कुनै धार्मिक सङ्‌गठनको सदस्य हुनैपर्छ र?” (jw.org को लेख)

एक जना पादरीलाई तिनको धर्म चित्त बुझेको थिएन। तर यसले तिनलाई परमेश्‍वरबारे सत्य सिक्नदेखि रोकेन।

“एक जना पादरीले किन चर्च छोडे?” (ब्यूँझनुहोस्‌!, फेब्रुअरी २०१५)

धर्महरूले वर्षौँदेखि झूट सिकाउँदै आएका छन्‌, जसले गर्दा परमेश्‍वर मानिसहरूदेखि टाढा हुनुहुन्छ र क्रूर हुनुहुन्छ भन्‍ने छाप मानिसहरूमा परेको छ। तीमध्ये तीन वटा झूटको बाइबलले कसरी पर्दाफास गर्छ, थाह पाउनुहोस्‌।

“परमेश्‍वरलाई प्रेम गर्न असम्भव छ भन्‍ने झूट” (प्रहरीधरहरा, नोभेम्बर १, २०१३)

a प्रकाशको किताबमा झूटो धर्मलाई महान्‌ बेबिलोन नाम गरेकी एउटी स्त्रीको रूपमा किन चित्रण गरिएको छ भनेर थाह पाउन नोट १ हेर्नुहोस्‌।