सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १८

साँचो ख्रिष्टियनहरूलाई कसरी चिन्‍न सकिन्छ?

साँचो ख्रिष्टियनहरूलाई कसरी चिन्‍न सकिन्छ?

अरबौँ मानिसले आफू ख्रिष्टियन भएको दाबी गर्छन्‌। तर तिनीहरू सबैको विश्‍वास भने एउटै छैन र एउटै स्तरअनुसार जीवन बिताउँदैनन्‌। त्यसोभए हामी साँचो ख्रिष्टियनहरूलाई कसरी चिन्‍न सक्छौँ?

१. ख्रिष्टियन कसलाई भनिन्छ?

येसु ख्रिष्टको चेला अर्थात्‌ अनुयायीलाई ख्रिष्टियन भनिन्छ। (प्रेषित ११:२६ पढ्‌नुहोस्‌।) ख्रिष्टियनहरूले आफू येसुका चेलाहरू भएको कसरी प्रमाणित गर्छन्‌? येसुले भन्‍नुभयो: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ।” (युहन्‍ना ८:३१) यसको मतलब साँचो ख्रिष्टियनहरूले येसुले सिकाउनुभएअनुसार जीवन बिताउनुपर्छ। येसुका शिक्षाहरूको आधार धर्मशास्त्र भएझैँ साँचो ख्रिष्टियनहरूको विश्‍वासको आधार पनि धर्मशास्त्र अर्थात्‌ बाइबल हो।—लुका २४:२७ पढ्‌नुहोस्‌।

२. साँचो ख्रिष्टियनहरूले कसरी प्रेम गरेको देखाउँछन्‌?

येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू पनि आपसमा प्रेम गर।” (युहन्‍ना १५:१२) येसुले आफ्ना चेलाहरूलाई प्रेम गरेको कसरी देखाउनुभयो? उहाँले तिनीहरूसित समय बिताउनुभयो, तिनीहरूलाई प्रोत्साहन दिनुभयो र मदत गर्नुभयो। उहाँले तिनीहरूका निम्ति आफ्नो ज्यानसमेत अर्पण गर्नुभयो। (१ युहन्‍ना ३:१६) त्यसरी नै साँचो ख्रिष्टियनहरू प्रेमबारे कुरा मात्र गर्दैनन्‌ बरु आफ्नो बोली र व्यवहारद्वारा एकअर्कालाई प्रेम गरेको देखाउँछन्‌।

३. साँचो ख्रिष्टियनहरू कुन काममा व्यस्त छन्‌?

येसुले आफ्ना चेलाहरूलाई एउटा काम दिनुभयो। “उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको प्रचार गर्न . . . पठाउनुभयो।” (लुका ९:२) सुरुसुरुका ख्रिष्टियनहरूले आफ्नो उपासनास्थलमा मात्र नभई सार्वजनिक स्थानहरूमा र मानिसहरूको घरघरमा गएर सुसमाचार सुनाए। (प्रेषित ५:४२ र १७:१७ पढ्‌नुहोस्‌।) त्यसरी नै आज साँचो ख्रिष्टियनहरू पनि मानिसहरू जहाँ-जहाँ भेटिन्छन्‌, त्यहाँ-त्यहाँ बाइबल सत्य सुनाउँछन्‌। तिनीहरू आफ्ना छिमेकीहरूलाई प्रेम गर्छन्‌। त्यसैले तिनीहरू बाइबलमा पाइने आशा र सान्त्वनाको सन्देश सुनाउन खुसीसाथ आफ्नो समय र शक्‍ति खर्च गर्छन्‌।—मर्कुस १२:३१.

अझ खोतल्नुहोस्‌

येसुको शिक्षा र उदाहरणअनुसार जीवन नबिताउने मानिसहरूभन्दा साँचो ख्रिष्टियनहरू कुन-कुन तरिकामा फरक छन्‌, विचार गर्नुहोस्‌।

४. तिनीहरू बाइबल सत्यको खोजी गर्छन्‌

सुरुसुरुका ख्रिष्टियनहरूले परमेश्‍वरको वचनको मोल गरे

ख्रिष्टियन हुँ भनी दाबी गर्ने सबैले बाइबल सत्यको मोल गर्दैनन्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌।

  • ख्रिष्टियन धर्म मानेको दाबी गर्ने केही चर्च कसरी येसुको शिक्षा सिकाउनदेखि चुकेका छन्‌?

येसुले परमेश्‍वरको वचनबाट सत्य सिकाउनुभयो। युहन्‍ना १८:३७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यस पदमा येसुले भन्‍नुभएअनुसार “सत्यको पक्षमा हुने” ख्रिष्टियनहरूलाई हामी कसरी चिन्‍न सक्छौँ?

५. तिनीहरू बाइबल सत्य सुनाउँछन्‌

सुरुसुरुका ख्रिष्टियनहरूले अरूलाई सुसमाचार सुनाए

येसु स्वर्ग जानुअघि उहाँले चेलाहरूलाई एउटा काम अह्राउनुभयो। त्यो काम अहिले हाम्रो समयसम्म चलिरहेको छ। मत्ति २८:१९, २० प्रेषित १:८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • सुसमाचार सुनाउने यो काम कहिलेसम्म चल्ने थियो र कत्तिको व्यापक हुने थियो?

६. तिनीहरू जे सिकाउँछन्‌, त्यो आफ्नो जीवनमा लागू गर्छन्‌

थोमस आफूले साँचो ख्रिष्टियन धर्म भेट्टाएको कुरामा कसरी विश्‍वस्त हुन सके? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • भिडियोमा देखाइएअनुसार थोमसलाई धर्ममा विश्‍वास लाग्न छोड्‌नुको कारण के थियो?

  • आफूले सत्य भेट्टाएको कुरामा तिनी किन विश्‍वस्त छन्‌?

‘भनेर होइन गरेर देखाउनुपर्छ।’ मत्ति ७:२१ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • येसु कुन कुरालाई महत्त्वपूर्ण ठान्‍नुहुन्छ—विश्‍वास गर्छु भनेर मुखले मात्र भन्‍नुलाई कि आफ्नो विश्‍वास कामद्वारा देखाउनुलाई?

७. तिनीहरू एकअर्कालाई प्रेम गर्छन्‌

सुरुसुरुका ख्रिष्टियनहरूले एकअर्कालाई प्रेम गरे

के ख्रिष्टियनहरू एकअर्काको लागि ज्यान दिन तयार हुन्छन्‌? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यस भिडियोमा देखाइएअनुसार लोइड किन आफ्नो ज्यानको खतरा मोलेर भाइ योहान्सनलाई बचाउन अघि सरे?

  • के तपाईँलाई लोइडले साँचो ख्रिष्टियन भएको प्रमाण दिए जस्तो लाग्छ?

युहन्‍ना १३:३४, ३५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • येसुका चेलाहरूले (साँचो ख्रिष्टियनहरू) अर्को जाति वा राष्ट्रका मानिसहरूसित कस्तो व्यवहार गर्छन्‌?

  • तिनीहरू युद्धको बेलामा पनि कसरी त्यसो गर्छन्‌?

कोही-कोही भन्छन्‌: “ख्रिष्टियनहरूले असाध्यै खराब कामहरू गरेका छन्‌। तिनीहरूको धर्म कसरी साँचो धर्म हुन सक्छ र?”

  • साँचो ख्रिष्टियनहरूलाई चिन्‍ने तरिकाबारे बुझाउन तपाईँ कुन बाइबल पद देखाउन सक्नुहुन्छ?

सारांश

साँचो ख्रिष्टियनहरू बाइबलको शिक्षाअनुसार जीवन बिताउँछन्‌, आत्मत्यागी प्रेम देखाउँछन्‌ र बाइबल सत्य सुनाउँछन्‌।

तपाईँले के सिक्नुभयो?

  • साँचो ख्रिष्टियनहरूको विश्‍वासको आधार के हो?

  • कुन गुणले साँचो ख्रिष्टियनहरूको चिनारी दिन्छ?

  • साँचो ख्रिष्टियनहरू कुन काममा व्यस्त छन्‌?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

येसु ख्रिष्टको उदाहरण र शिक्षाअनुसार जीवन बिताउन प्रयास गर्ने एउटा समूहबारे अझ धेरै सिक्नुहोस्‌।

यहोवाका साक्षीहरू—हामी को हौँ? (१:१३)

एउटी क्याथोलिक नन कसरी “यहोवाको परिवारको सदस्य” भइन्‌, पढ्‌नुहोस्‌।

“उहाँहरूले हरेक प्रश्‍नको जवाफ बाइबलबाटै दिनुभयो” (प्रहरीधरहरा, अप्रिल १, २०१४)

साँचो ख्रिष्टियनहरूले खाँचोमा परेका सङ्‌गी उपासकहरूलाई प्रेम गरेको कसरी देखाउँछन्‌, हेर्नुहोस्‌।

प्राकृतिक प्रकोप आउँदा भाइबहिनीलाई मदत—सानो अंश (३:५७)

सुरुसुरुका ख्रिष्टियनहरूले आफू येसुको चेला भएको चिनारी कसरी दिए अनि अहिलेका साँचो ख्रिष्टियनहरूले पनि कसरी त्यस्तो चिनारी दिइरहेका छन्‌, बुझ्नुहोस्‌।

“साँचो ख्रिष्टियन धर्म कसरी चिन्‍न सकिन्छ?” (प्रहरीधरहरा, मार्च १, २०१२)